सरकारले गर्‍यो ३ देशका लागि राजदूत सिफारिस

काठमाडौं , मंसिर २३ । सरकारले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सिफारिस गरेको हो ।

श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा।कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्