बालुवाटारमा सर्वदलिय बैठक सुरु

काठमाडौं, २३ मंसिर । बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ । राजनीतिक उताडचढाव, राजावादीको सक्रियाता, कोभिड(१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुले प्रसय पाएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवानमा सर्वदलीय बैठक भएको छ ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागि रहेका छन् ।

यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । यस बैठकले हाल उत्पन्न राजनीतिक उताडचढावलाई निकास दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्