विप्लव समूहद्वारा शिक्षक श्रेष्ठको हत्या

काठमाडौं, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने । प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएकोजानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्