सगरमाथाको नयाँ उचाइ घोषणा हुँदै

काठमाडौं । आज सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणा कार्यक्रम अपरान्ह १ः४५ बजे हुने भएको छ । त्यसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ ।

यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ घोषणा गर्नेछन् । सन् २००५ देखि नेपाल र चीनको बिचमा उचाइको विषयमा विवाद उत्पन्न भएको थियो ।

तर हिउँको सतहलाई उचाइको आधार मान्नुपर्ने नेपालको प्रस्तावमा चीन सहमत भएको छ । यस अगाडि चीनले चट्टानलाई आधार मान्नुपर्ने बताउँदै आएको थियो । यसमा कुरा नमिल्दा केहि तभिन्नता उपत्न भएको थियो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको समयमा उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । स्रोतका अनुसार सगरमाथाको उचाइमा केही वृद्धि भएको छ ।

हालसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको छ । तर यसमा केहि तलमाथि हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्