प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । पार्टीमा आन्तरिक किचलो, राजावादीहरुको पदर्शन, कोरोना भाइरस (कोभिड–१९) लगायत विषयले मुलुकको राजनीतिक तातीरहेका बेला यस्तो बैठक बोलाएको हो । यसले ठूलो अर्थ राख्ने राजीतिक वृतको चर्चा छ ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन । मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा यस्तो बैठकले खास अर्थ राख्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्