सिभिल बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा

काठमाडौं। २२ मंसिर । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैकको एक्सटेन्सन काउन्टर संचालनसंगै अब ललितपुरको एकान्तकुना स्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्