देशमा ज्ञानेन्द्रको नेतृत्व हुनुपर्छ’ भन्दै राजधानीमा बृहत् प्रदर्शनको तयारी
काठमाडौं , मंसिर २१ । देशमा ज्ञानेन्द्रको नेतृत्व हुनुपर्छ’ भन्दै राजधानीमा बृहत् प्रदर्शनको तयारी थालीएको छ । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको हो भने कतिपय ठाउँका तयारी थालीएको छ । यसैबीच राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुर्नवहालीको माग गर्दै शक्ति प्रदर्शन गर्ने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिक समाजले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा बृहत राजावादी जनप्रदर्शन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा राष्ट्रवादी नागरिक समाजका संयोजक चबराले राजतन्त्रको पुर्नबहालीका लागि देशव्यापी आन्दोलन अन्तर्गत २६ मंसिरमा जनप्रदर्शन गर्न लागेको जनाकारी दिए ।
उनले देशमा विगत ११ वर्षदेखि राजसंस्था पुर्नवहालीको अभियान चलिरहेको समेत बताए । प्रमुख राजनीतिक दलका नेताले देशलाई कमाई खाने भाँडो बनाएको भन्दै अब देशमा राजसंस्था पुर्नवहाली ढिलो भए झन् समस्या थपिने उनले बताए ।
संयोजक चबराले देशमा राजसंस्था पुर्नवहाली नभएसम्म आफूहरु आन्दोलनबाट पछि नहट्ने समेत उल्लेख गरे । बताए । उनले भने, ‘यो लडाईं विदेशी दलार र भ्रष्टाचारका मतियारकोविरुद्ध हो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही भएको र प्रचण्डले देशलाई नै संकटमा पारेकोले जनताको आशा र भरोसा गुमाएको टिप्पणी गरे ।
साथै चबराले मंसिर २६ गते शुक्रबार १२ बजे रत्नपार्कमा सहभागी भइदिन सबैलाई अनुरोध समेत गरेका छन् । ‘उनले पूर्व राजामाथि लगाएको आरोप झुटो भएको र अहिले विदेशीको इसारामा नेताहरु चलिरहेको समेत आरोप लगाए ।
कार्यक्रममा बोल्दै समाजकी सहसंयोजक लक्ष्मी मल्लले दुई तिहाईको सरकार चलाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिन २६ गतेको कार्यक्रम गर्न लागेको जानकारी दिइन् ।











प्रतिक्रिया दिनुहोस्