पहिलो पटक सरकारले सार्वजनिक गर्यो एकीकृत परराष्ट्र नीति
काठमाडौं , मंसिर २१ । सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही सत्रुता नभई सबै मित्रता हुने गरी परराष्ट्र नीति अवलम्बन गरिएको बताए ।परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताए ।
स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवद्र्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।
छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्धिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषयलाई समेत समावेस गरिएको छ ।
संसारमा राजनीति, शक्ति र व्यवस्थाका हिसाबले भिन्दाभिन्दै प्रणालीहरु रहेको भएपनि नेपालको परराष्ट्र नीति तर्जुमा गर्दा निस्चित विचारधारा र राजनीतिक प्रणालीलाई आधार बनाइएको स्पष्ट पार्नुभयो । कुनैपनि देशसँग नजिकको वा टाढाको भनेर कुटनीतिक व्यवहारमा फरक पार्न नखोजिएको पनि मन्त्री ज्ञवालीले बताए ।
विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेस गरिएको मन्त्री ज्ञवालीले बताए ।
उनले नेपालले लामो समय देखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पारे । नेपालले पहिलोपटक यस्तो दस्तावेज तयार पारेको मन्त्रालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्