मञ्जुश्री फाइनान्सले गर्यो २३.५० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं , मंसिर २१ । मञ्जुश्री फाइनान्सले २३ दशमलव ५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतवार बसेको सञ्चालक समिति बैठकले यस्तो घोषणा गरेको हो ।

गत आवको मुनाफाबाट १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

गत वर्ष कम्पनीले ९ दशमलव ८ प्रतिशत नगद लाभांश र १ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्