नेकपा स्थायी कमिटी बैठक स्थिगित , केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

काठमाडौ, मंसिर २१ । आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको मुख्यालय धुम्बाराहीमा चलेको स्थायी कमिटी बैठक करिब २ घन्टामा सकिएको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भने सहभागी थिएनन् ।

अध्यक्ष ओली बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।

उक्त पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने ओलीले उल्लेख गरेका छन्। बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।

अध्यक्ष ओली तथा अन्य विभिन्न कारणले उपस्थित हुन नसकेका केही सदस्यहरुबाहेक अन्य सदस्यहरुको बैठकमा उपस्थिति थियो।बैठकमा दुवै अध्यक्षका प्रस्ताव सदस्यहरूलाई बाँडिएको छ। उक्त प्रस्ताव पढ्न सात दिन समय दिइएको छ।केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैबीच सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

प्रतिक्रिया दिनुहोस्