सेनाले गरेको कारबाहीमा १८ तालिबानी लडाकू मारिए

काठमाडौँ, मंसिर २१ । अफगानिस्तानमा सेनाले गरेको कारबाहीमा १८ जना तालिवानी लडाकु कारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकू मारिएका हुन् ।

शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी रहेको अफगान रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कारबाहीका क्रममा ठूलो मात्रामा हातहतियार र बारुदी सुरुङ समेत बरामद गरिएको बताएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ । – फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्