प्रभु लाइफले मंसिर २९ देखि सेयर बिक्री खुला गर्दै, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं , मंसिर २१ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै कर्मचारीहरुका लागि पनि ५ प्रतिशत अर्थात्त तीन करोड रुपैयाँ सुरक्षित गरिएको छ । सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री गरेर बाँकी रहेको ५४ करोड रुपैयाँको प्राथमिक सेयर आम सर्वसाधारणका लागि जारी गर्ने छ।

सर्वसाधारणहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन् ।  सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रतिशत अर्थात तीन करोड रुपैयाँ सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।

प्रतिक्रिया दिनुहोस्