कडा सुरक्षाकाबीच नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित
काठमाडौं , मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी भएको छ ।पार्टी कार्यालय धुम्बाराहीमा कडा सुरक्षाकाबीच सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो । कोभिड( १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी सहभागी नभएको नेताहरुले बताएका छन् ।
ओलीले स्थायी समितिको बैठकको औचित्य नभएको बताउँदै आएका छन् । शनिबारको सचिवालय बैठककमा पनि ओलीले पार्टी विवाद सचिवालय बैठकबाटै मिलाउनुपर्नेमा पुनः जोड दिएका थिए । यसैबीच स्थायी कमिटी बैठक भइरहेको धुम्बाराहीमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । सेना ,प्रहरी लगाएत् कुकुर पनि परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्