विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ

काठमाडौं, मंसिर २१ । विप्लव समूहका जिल्लास्तरीय नेता पक्राउ परेका छन् । प्रबन्धित नेकपा विप्लव समूहको शिवराज नगरपालिकाको नगर सचिब पक्राउ परेका हुन्। शिवराज नगरपालिका वाड नं २ हल्लानगरमा बिकल्पु भन्ने गणेश थारुलाई पक्राउ गरिएको हो ।

स्थानीय सुनमाया घर्ति मगरको घरमा लुकिछिपी बसेको अवस्थामा बाणगंगा नगरपालिका-३ सिउटीका खोजतलासकाक्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए। उनको साथबाट नेकपा विप्लव समूहसंग सम्बन्धित विभिन्न दस्ताबेजहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसरी दस्तावेजहरु बरामद हुँदा निजलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्