नेकपा विवाद : सचिवालयमा नमिलेको स्थायी कमिटीमा मिल्ला त ?

काठमाडौं, मंसिर २१ । नेकपामा देखिएको विवाद समाधान गर्न नसकेपछि सबै प्रस्तावसहित स्थायी कमिटीको बैठकमा छलफल गरिने भएको छ । शनिबार बसेको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय गरेको हो ।

यो शनिबारको नेकपा केन्द्रीय सचिवालयमा नमिलेको विवाद आइतबारको स्थायी कमिटीमा लगिँदैछ ।प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्ट अध्यक्ष दाहालले विभिन्न आरोपहरु लगाएर केन्द्रीय सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो प्रतिवेदनलाई ‘काउन्टर’दिनेगरी ओलीले पनि केन्द्रीय सचिवालयमै पेश गरेको ३८ पृष्ठ लामो जवाफले नेकपा विवाद थप पेचिलो बन्दै गइरहेको छ ।

करिब ३ हप्ता नेकपा सचिवालयभित्र निकै रस्साकस्सी भयो र अध्यक्षद्वय दाहाल–ओलीबीच भेटघाट नै नभएपनि उनीहरुले आ–आफ्नो नजिकका नेता तथा सांसदहरुसँगको छलफल तथा परामर्शलाई भने तीव्र नै पारेका थिए । बेलाबखत सचिवालय बैठक बसे पनि कुनै खालको सहमति भने जुट्न सकेन । १ महिनाको अवधिमा सचिवालयले गरेको काम भनेको दुई वटा प्रतिवेदन पेश मात्रै भए ।

यता सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको हो । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो । दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

यसैबीच प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान भने कायमै राखेका छन् । यो कुरा हिजोको सचिवालय बैठकमा पनि भनिसकेका छन् । कारणतः ओलीले तत्काल स्थायी कमिटीको बैठक डाक्ने विषययमा असमर्थ जनाएको स्रोतले बताएको छ ।

यता अध्यक्ष दालहा पक्ष भने विवाद समाधान गर्नको लागि पूर्वनिर्धारित समयसीमाभित्रै बैठक बस्नुपर्ने दृढ अडानमै छ । दुवै पक्षको अडान यथावत् हुँदा नेकपाको विवाद साम्य हुँदै जान्छ या झन् चर्किन्छ भन्नेमा नेतृत्व पंक्ति नै अलमलमा छ । यता एकातिर शीर्ष नेताहरूमा स्पष्ट कित्ताकाट भइरहेका बेला अनेरास्ववियुको दाहाल–नेपाल पक्षका विद्यार्थीको भेला भएको छ ।

उनीहरूले पार्टी एकता जोगाउन ओलीले पार्टी कमिटीको निर्णय मान्नुपर्ने तर्क राखे का छन् । अब हेरौं सचिवालयमा नमिलेको नेकपा विवाद स्थायी कमिटीमा मिल्ला या बाझीएला यो भने अबको बैठकले टुँगो लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्