चुनावी प्रधानमन्त्री बन्न वामदेवलाई ईश्वर पोखरेलको प्रस्ताव, गौतमले दिए यस्तो जवाफ
काठमाडौं, मंसिर २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।
आइतबार बिहान उपाध्यक्ष गौतमलाई फोन गरेर पोखरेलले यस्तो प्रस्ताव गरेका हुन । अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन र चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ।
स्थायी समिति बैठक अगाडि गौतमलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका तर्फबाट पोखरेलले यस्तो प्रस्ताव गरेको स्रोतले बताएको छ ।
‘ईश्वर कमरेडले फोन गरेर अहिले रोजेको मन्त्रालय लिन र चुनावी प्रधानमन्त्री बनाउछौँ भनेर गौतमलाई अफर गर्नुभएको गौतम निकट एक नेताले बताए । त्यसलाई उहाँले अस्वीकार गरेको समेत उनले बताए ।
उनले स्थायी समिति बैठकमा छलफल गरेर सबै कुराको टुंगो लगाउनुपर्ने जवाफ दिएको पनि जनाकारी गराए ।
प्रतिक्रिया दिनुहोस्