राजतन्त्रको माग गर्दै काठमाडौँमा प्रदर्शन, राजा आऊ, देश बचाऊ नारा
काठमाडौँ, मंसिर २० । पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ। यसैबीच राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जाने आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले जनाएको छ । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका छन् । उनीहरुले राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।यसैगरि हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा राप्रपाले हिजो प्रदर्शन गरेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै हेटौँडामा प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा राजा र हिन्दूत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा चर्का नाराबाजी गरिएको थियो। यसरी पछिल्लो समय काठमाडौं लगाएत देशभर राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्