प्रभु लाइफले मंसिर २९ गतेदेखि आईपीओ बिक्रि गर्ने

काठमाडौं, मंसिर २० । प्रभु लाइफले मंसिर २९ गतेदेखि धितोतोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्यमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साभारण सेयर बिक्री गर्न लागेको हो ।

जसमध्ये जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आर्इपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।कम्पनीको आर्इपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

उक्त आर्इपीओमा लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौं तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनिलाई मंसिर ११ गते आईपीओ निष्कासन अनुमति दिएको थियो । हाल १ अर्ब ४० करोड चुक्ता पुँजी रहेका कम्पनीको आईपीओ निष्कासन पछि २ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्