नेकपा विवादः लामो समयपछि जुटे ओली र प्रचण्ड छलफलमा
काठमाडौं, मंसिर २० । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
सचिवालय बैठक बस्नु अगाडि दुई अध्यक्ष छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छलफलमा पार्टीको आन्तरिक विवादमा छलफल हुने बताइएको छ ।
फरकफरक राजनीतिक प्रस्ताव सचिवालय वैठकमा ओली र प्रचण्डले पेश गरेपछि आरोप–प्रत्यारोपमा उत्रिएका उनीहरु कात्तिक २५ पछि पहिलोपटक वन–टु–वन छलफलमा बसेका हुन् । २६ दिनपछि दुई अध्यक्ष अनौपचारिक छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आज दिउँसो १ बजेका लागि सचिवालय बैठक तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्