कांग्रेस पदाधिकारी बैठकः सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन निर्णय

काठमाडौं , मंसिर १९। नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । उपसभापति विमलेन्द्र निधिले दिएको जानकारी अनुसार कांग्रेसले २९ गते सरकारविरुद्ध आन्दोलन गर्ने भएको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको उपसभापति निधिले बताए । बुधबार आफ्नै गृहजिल्ला तनहुँमा काँग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एक पुल उद्घाटन् गर्न जाने बेलामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसपछि कांग्रेस सरकारविरुद्ध झन आक्रमक बनेको छ भने कहि स्थानमा त विरोध सहित प्रदर्शन समेत गरिसकेको छ । अब झन शसक्तका साथ आन्दोलन गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्