भारतमा अबको केही हप्ताभित्रै कोरोनाविरुद्ध खोप तयार हुन्छः मोदी

काठमाडौं, मंसिर १९ । पछिल्लो समय विश्वभर फैलीएको कोरोना भाइरसको खोप बारे विभभिन्न देशले भ्याक्सिन तयार भइसकेको बताएका छन् भने कतिपयले तयारी अवस्थामा रहेको प्रतिक्रिया जनाएका छन् ।

यसैबीच नेपालको छेमेकी देश भारतले पनि अबको केहि हप्तामै कोरोनाविरुद्धको खोप तयार हुने दाबि गरेको छ । भारत सरकारले अबको केही हप्ताभित्रै कोरोनाविरुद्धको खोप तयार हुने दाबी गरेको हो ।

शुक्रबार कोरोनाबारे आयोजित सर्वदलीय भिडियो बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्ताभित्रै खोप तयार हुने जानकारी गराएका हुन्। उनका अनुसार सुरुमा रोगी, ज्येष्ठ नागरिक र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ।

एक हप्तादेखि भारतीय प्रधानमन्त्री कोरोनाविरुद्ध खोपका विषयमा सक्रिय रहेको दैनिक भास्करले जनाएको छ। यसरी विभिन्न देशले कोरोनाविरुद्धको खोप तयार भएको दाबि गरिरहदा आमजनसमुदायमा भने केहि आसा पलाएको छ ।

प्रतिक्रिया दिनुहोस्