काठमाडौं उपत्यकामा थपिए ६ सय ६ संक्रमित
काठमाडौँ , मंसिर १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा २ सय ४७ महिला र ३ सय ५९ जना पुरुष रहेका छन् ।काठमाडौंमा ४ सय ४ण्, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका हुन् ।
शुक्रबार देशभर १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार उपत्यकामा ५ सय ६१ जना संक्रमित थपिएका थिए ।















प्रतिक्रिया दिनुहोस्