प्रभु इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं, मंसिर १९ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ३५ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ३ सय ५० रूपैयाँमा बिक्री गर्न लागेको हो ।

उक्त शेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले मंसिर २१ गते, आइतबारबाट मंसिर २८ गते आइतबारसम्म न्यूनतम २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, आवेदकहरूले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, आइपुग्ने गरि आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्