नबिल बैंक र वान टु वाचबीच सहकार्य

काठमाडौं , मंसिर १९ । नबिल बैंक र वान टु वाच बीच सहकार्य भएको छ । । लघु, साना तथा मझौला उद्यम (एमएसएमई) हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने विषयमा सहकार्य भएको हो । नबिल बैंक र वान टु वाच लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत सो सहकार्य भएको बताएको छ ।

नबिल बैंकका डेपुटी सीईओ सुजित कुमार शाक्य र वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकका अनुसार यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमहरूलाई कोविड १९ बाट प्रभावित तर व्यवसायलाई निरन्तरता दिने क्षमता भएका व्यवसायलाई धितो रहित र ब्याजमुक्त छोटो अवधिको कर्जाले लाभान्वित भई कोविड १९को प्रभावबिरूद्ध लड्न तथा व्यवसायलाई निरन्तरता दिन सहयोग पुग्नेछ ।

त्यसै गरि यी व्यवसायहरु मध्येका छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने छन् ।पूर्व निर्धारित मापदण्डको आधारमा व्यवसाय सुचारु गर्ने सम्भाव्यताको मूल्यांकन गरिएको एमएसएमईहरूले नबिल बैंकबाट धितो रहित कर्जा प्राप्त गर्नेछन र ब्याज रकम अधिकतम १८ महिनासम्म कोषले भुक्तान गर्नेछ ।

सो कार्यक्रममा नबिल बैंकका तर्फबाट प्रमुख एसएमई र लघुवित्त, निरज बस्नेत डनिल र वान टु वाचका तर्फबाट कार्यक्रम प्रबन्धक, सुब्रिना श्रेष्ठको उपस्थिति थियो ।

नबिल बैंकका सीईओ अनिल केशरी शाहले नबिल बैंक नेपालको एमएसएमई क्षेत्रलाई सहयोग गर्न, उनीहरूको व्यवसायलाई बढाउन र दीर्घकालीन स्थायित्व र समग्र आर्थिक बृद्धिका लागि मद्दत गर्न सदैब तयार रहेको बताएका छन् ।

‘कोविड १९ प्रभावित व्यवसायलाई यस कठिन समयमा बाँच्नको लागि सहयोग पुर्याउन र निरन्तरता दिइ सक्षम हुन धितो रहित र ब्याजमुक्त कर्जा प्रदान गर्न यस प्रयासमा वन टु वाचको साथ सहकार्य गर्न धेरै उत्साहित छौं ।’ शाहले भने ।

वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले नबिल बैंकलाई पार्टनर बैंकहरूको सुचीमा राख्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै कोषको थालनी भएदेखि नेपालका विविध क्षेत्र तथा विभिन्न भुगोलका एमएसएमईबाट धेरै उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको जनाए ।

वान टु वाचले साना र मध्यम आकारको उच्च बृद्धि तथा उच्च प्रभाव भएका कम्पनीहरूसँग काम गर्दछन । वान टु वाच एक लगानी प्रबर्धन कम्पनी हो र यो नेपाल, नेदरल्याण्ड्स र म्यानमारमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्