जब नेकपाभित्र विवाद बढ्छ तब किन गर्छिन् सधै पदिय मर्‍यादाको बेवास्ता राष्ट्रपति ?

काठमाडौं, मंसिर १९ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला आन्तरिक बिवादमा रुमलिएको छ । यता नेकपामा अन्तरिक विवादमा चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी भने पुनः सक्रिय देखीएकी छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।

जसले गर्दा सचिवालय बैठकले समेत कुनै गति लिन नसकेको अव्स्था छ यति बेला । अध्यक्षद्वयबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि अर्को नेतालाई बोलाएर विवाद समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेकी छन् । साथै पार्टीभित्र देखिएका विवाद समाधानका लागि अन्य नेताहरूले पनि प्रयास गरिरहेका छन् । तर, विवाद भने झन चुलिँदो छ ।

गत मंगलबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि अनौपचारिक छलफल गर्ने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले अध्यक्षद्वय ओली र दाहालसँग भेटवार्ता गरेकी छन् ।१३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दाहालको प्रतिवेदनको जवाफमा ३८ पृष्ठ लामो प्रतिवेदन पेस गरे । दुबै प्रतिवेदनको अध्ययनका लागि भन्दै १६ गतेलाई सचिवालय बैठक फेरी तोकियो ।१६ गतेका लागि तोकिएको बैठकमा ओली उपस्थित भएनन् ।

यस्तो बेला नेकपाका आन्तरिक कलहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पनि देखिएको छ । यो उनको पहिलो सक्रियता भने होइन ।यसअघि पनि विवाद बढ्दा राष्ट्रपति भण्डारीले चासो देखाउने गरेकी थिइन ्। पदीय जिम्मेवारी अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीचका भेटवार्तालाई औपचारिक र स्वभाविक मानिन्छन् ।जब-जब नेकपाभित्र विवाद बढ्छ तब-तब उनी यसैगरी सक्रिय रहन्छिन् आफ्नो पदको मर्‍यादा नै भुलेर । राष्ट्रपति भण्डारीलाई बेला बेला पदिय पर्‍यादामा नबस्ने गरेको आरोप समेत लाग्ने गरेको छ ।

तर पार्टीका विभिन्न बैठकहरु नियमित बस्न नसकेको र विवाद समाधान नभइको बेलामा राष्ट्रपतिले विभिन्न नेतालाई बोलाएर गरेको छलफलको आलोचना हुने गरेको छ । गत मंसिर २ गते पनि दुवै अध्यक्षलाई बोलाएर उहाँले सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन । मंगलबारको बैठक ओलीको उपस्थिति बिना नै बसेर यही २० गतेका लागि तोकिएको छ।

उक्त दिनको बैठकले ओलीलाई तीन दिनको समय तोकेर अबको बैठकमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने भनेको छ ।तीन दिनको समय दिएका बेला नेकपाभित्र देखिएको विवाद समाधानका लागि राष्ट्रपति पुनः सक्रिय बनेकी छन् ।यसअघि पनि नेकपाभित्रको विवादका बेला सक्रिय राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष दाहालसँग छुट्टाछुट्टै छलफल गरेकी छिन् ।

बिहीबार बिहान राष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग करिब दुई घन्टासम्म छलफल गरेकी थिइन् । उक्त भेटवार्तालाई राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालयले नियमित भेटवार्ता भने पनि छलफल नेकपाभित्र देखिएको विवाद समाधानकै बारेमा केन्द्रित भएको बताइएको छ ।

बिहान ओलीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले साँझ नेकपाका कार्यकारी अध्यक्ष दाहाललाई शीतल निवास बोलाएर एक घण्टा लामो छलफल गरेकी छन् । संवैधनिक राष्ट्रपति भएरपनि राजनीतिमा सक्रियता देखाएको भन्दै बेला बेलामा उनको निकै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्