खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं , मंसिर १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

साथै उनले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताए । कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्ने बताउँदै उनले सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्ने धारणा राखे ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।कोभिडका कारण १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको उल्लेख गर्दै यसले शिक्षा एउटा दिएको ओलीको भनाई रहेको थियो प्रधानमन्त्रीले चुनौतीहरुको सामना गर्दै गर्दा विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता रहेको औंल्याएका छन् ।

कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्