नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा राजविराजमा

काठमाडौं , मंसिर १९ । नेपाल बङ्गलादेश बैंकले सप्तरीको राजविराज नगरपालिका वडा नं ४ मा नयाँ शाखा विस्तार गरेको छ । बैंकले उक्त स्थानमा ९८औं शाखा विस्तार गरि सञ्चालनमा ल्याएको हो ।

राजविराजमा शाखाको उद्घाटन गरि बैंकले हिजोबाट औपचारिक कारोबार शुभारम्भ समेत गरिसकेको छ । उक्त शाखाको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले गरेका थिए ।सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको हो ।

राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्