सुनको भाउ प्रतितोला ३ सय बढ्यो, प्रतितोला कति ?

काठमाडौं, मंसिर १९ । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्