बैंक अफ काठमाण्डू लिमिटेडको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

काठमाडौं , मंसिर १८ । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु। एघार लाख सम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि रु। पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु। पाँच लाख तथा औषधी उपचारको लागि रु। एक लाखको बीमा सुबिधा रहेको छ ।

यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले रु ५००,००० ९अक्षेरुपी पाँच लाख मात्र० बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उहाँको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरीरहेका छन् । वस्तीले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।

बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थीती रहेको थियो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्