कोरोनाको खोप प्रयोग गर्न रुसी राष्ट्रपति पुटिनले दिए निर्देशन
काठमाडौं, मंसिर १८ । रुसमा आगामी सातादेखि नै कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न निर्देनशन दिइएको छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँको सरकारी पहलमा तयार पारिएको खोप अब प्रयोग गर्न यही बुधबार निर्देशन दिएका हुन् ।
रुसी नागरिकका लागि उक्त खोप निशुल्क उपलब्ध गराइने पनि बताइएको छ । गत अगस्ट महिनामै पहिलोपटक कोरोनाविरुद्धको खोप दर्ता गराएको रुसले पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई लगाइनेछ ।
ुस्पुटनिक भीु नामको उक्त खोप विश्वभर तीव्र रुपमा विकास गरिएका खोपमध्ये एक हो । रुसलेसँगै चीन, बेलायत, अमेरिका र ब्राजिल लगायतले पनि कोरोना विरुद्धको खोप तयार पारेका छन् ।
यसैबीच कोरोना भाइरसविरुद्ध बनिरहेको खोपले पाएको सफलताले भने आशा बढ्दै गएको छ । बुधबार मात्रै फाइजर कम्पनीले बनाएको कोरोना खोपलाई बेलायतले प्रयोगका लागि अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्