कोरोना कहरः ४ सय ५३ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं, मंसिर १८ । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु/र भेन्टिलेटरमा उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार ६५ जना भेन्टिलेटरमा र ३ सय ८८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७६ जना आइसियु र ४१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७५ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ६ आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ९ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८४ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

यसअघि बुधबार ४ सय २९, मंगलबार ४ सय ३३, सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियु/भेन्टिलेटरमा उपचाररत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्