काठमाडौं उपत्यकामा थपिए ५ सय ६१ कोरोना संक्रमित, २ हजार १सय ११ जना निको भए

काठमाडौँ , मंसिर १८ । काठमाडौं उपत्यकामा थप ५६१जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए । यसैबीच देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका छन्।

प्रतिक्रिया दिनुहोस्