सिद्धार्थ बैंकले गर्यो पर्वतारोहण संघलाई १ लाख सहयोग

काठमाडौं , मंसिर १८ । सिद्धार्थ बैंंकले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी निर्देशक )सिइओ) कुलप्रसाद राईलाई सो रकम हस्तान्तरण गरिन् ।

सहयोग रकम ग्रहण गर्दै एशोसिएसनका सिइओ राईले सो रकम पर्वातारोहणका क्रममा दुर्घनामा परेका, प्रभावित परिवार लगायत पर्वातारोहणको क्षेत्रमा काम गर्ने मजदुरहरुको शिक्षा, स्वास्थ्य लगात व्यक्तिको वृद्धि विकासमा खर्च गरिने बताए ।

बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड इडिकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो ।बैंकले सामाजिक उत्तरदायीत्व वहन (सीएसआर) अन्तरगत उक्त रकम एशोसिएसनलाई उपलब्ध गराएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्