पुर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन

काठमाडौं , मंसिर १८ । पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको बिहिबार बिहान निधन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहेका स्वाँर जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गरेका थिए । ।

स्वाँरको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारले जनाएको छ । उनका दुई छोरा र चारजना छोरी छन्

प्रतिक्रिया दिनुहोस्