११ ओटा लघुवित्त कम्पनीले गरे लाभांश प्रस्ताव, हेर्नुहोस् कुन- कुन परे ?
काठमाडौं , मंसिर १८ । ११ ओटा लघुवित्त कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । ती कम्पनीहरुले गत आव २०७६र ७७ को मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश वितरण गरेका ११ ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । त्यसैगरी दोस्रोमा छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश वितरण गर्ने प्रस्ताव गरेका ११ ओटा कम्पनीहरुमध्ये फर्स्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्तले साधारण सभा मिति तय गरेका छन् । फर्स्ट माइक्रोफाइनान्सले बिहीवार साधारण सभा आयोजना गरेको छ । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, आरएमडिसी लघुवित्त कम्पनीले मंसिर २२ गते साधारण सभा आयोजना गरेको छ । सभाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
ती कम्पनीहरुले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । विगत केही दिनदेखि बढेको बजारमा लघुवित्त कम्पनीको शेयरमा लगानीकर्ताको आर्कषण बढेको देखिन्छ । बुधवार लघुवित्त कम्पनीहरुको शेयर अत्याधिक मात्रमा वृद्धि भएको थियो ।
कतिपय कम्पनीले आकर्षक लाभांश दिएकाले शेयर खरीदविक्री उच्च रुपले भइरहेको छ भने केही कम्पनीले लाभांश दिन बाँकी रहेको छ । ती कम्पनीहरुको आधारभूत पक्ष हेरेर राम्रो लाभांश दिने क्षमता भएको कम्पनीमा लगानी गरेको एक लगानीकर्ताले बताए ।
उनले विगत तीन वर्ष अगाडि बजार १ हजार ८८१ मा नेप्से हुँदा शेयर खरीद गरेको लगानीबाट प्रतिफल पाएर पुनः त्यही पैसा शेयरमा लगानी गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्