पौडेलमाथि भएको ‘दुर्व्यहार र गिरफ्तारी आपत्तिजनकः तुरुन्त रिहा गर्न माग

काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका छन् । साथै उनले वरिष्ठ नेता रा पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीको विरोध पनि गरेका छन् । बुधबार गृहजिल्ला तनहुँमा भएको प्रदर्शनका क्रममा निषेधाज्ञा उलंघनको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

यसबारे प्रतिक्रिया जनाउँदै देउवाले घटना आपत्तिजनक एवं निन्दनीय रहेको भन्दै सरकारको यसखालको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध उत्रने चेतावनी समेत दिएका छन् ।

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

देउवाले केपी ओली सरकारले सर्वसत्तावादको संकेत देखिन थालिएको टिप्पणी गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन कांग्रेसले एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सार्थै देउवाले सरकारको कामको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्