एभरेष्ट एभरेष्ट बैंकले स्थापना गर्यो पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह
काठमाडौं , मंसिर १७ । एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । मन्दिर वरपरको प्रदुषण नियन्त्रण र स्वच्छ वातावरण यस शवदाह गृह स्थापना गर्नुको प्रमुख उद्येश्य रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको उपस्थितीमा उक्त शवदाह गृह एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जि।के। नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाललाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्