पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्छ : मन्त्री भट्टराई

काठमाण्डौँ, मंसिर १७ । कोरोनाका कारण लामो समय सम्म बन्द रहेका धार्मीकक्षेत्र अब भने बिस्तारै खुल्ने भएका छन् । यता पुस १ गतेबाट पशुपतिनाथ मन्दिर खुल्ला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुस १ गतेबाट पशुपति खुल्ला हुने बताएका छन्।

कोभिड–१९ का कारण बन्द रहेका धार्मिक(सांस्कृतिक गतिविधीहरु अव स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गरेर खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेको मन्त्री भट्टराईले जानकारी दिए।

बुधबार पशुपतिमा स्थापना गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताए।

पशुपतिका धार्मिक(सांस्कृतिक गतिविधी खुला गर्दा स्थानीय निकाय र सरोकारवाला अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न(गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन समेत दिएका छन्।

यसैबीच पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने ९आधुनिक वातावरणमैत्री शवदाह गृह० मेसिनको स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्