२० गतेसम्म स्थगित भयो नेकपा सचिवालय बैठक, स्थायी कमिटी बैठक पनि प्रभावित

काठमाडौं, मंसिर १७ । नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् ।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक मंसिर २० गते १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिबिना नै सुरु भएको थियो। पूर्वनिर्धारित समयबाट एकघण्टा पछि धकेलिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको थियो । यसैबीच यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्