बन्द प्रशिक्षणमा बोलाइए ५८ खेलाडी
काठमाडौं , मंसिर १७ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन र स्ट्राइकर विमल घर्ती मगरसहित अखिल नेपाल फुटबल संघले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको हो । बन्द प्रशिक्षणका लागि कप्तान विराज महर्जन पनि बोलाइएका छन् । त्यस्तै लामो समय मैदान बाहिर रहेका विमल घर्ती मगर पनि बन्द प्रशिक्षणका लागि बोलाइएका हुन् ।
एन्फाले सन्तोष तामाङ र दिनेश राजवंशीलाई पनि टिममा बोलाएको छ । नेपाली टोलीका मिडफिल्डर विक्रम लामा घाइते भएका कारण टिममा बोलाइएका छैनन् ।
बन्द प्रशिक्षणका लागि नेपाली टोली
गोल रक्षक : किरण कुमार लिम्बु, विकेस खवास, विशाल श्रेष्ठ, दीप कार्कि, विशाल सुनार, अर्पन कार्की र देव लिम्बु
डिफेन्डर : देवेन्द्र तामाङ, रेजिन रिमाल, विराज महर्जन, विकेस खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजबंशी, रनदिव पौड्यल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुर्य बीके, अनिस गुरुङ, दिलेन लोकान्त र रोहित चन्द
मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्चेन तामाङ, सन्तोष तामाङ, शुनिल बल, हेमन्त थापा मगर, रजत तिवारी, जय गुरुङ, आरिक विष्ट, अशोक थापा, सुवास गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवि पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेहङ आंङदाम्बे, संजोक राई र नितिन थापा
फर्वाड : अविशेक रिजाल, रेजिन शुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, जन्जन विष्ट, विमल घर्ती मगर, राजिव लोप्चन, आशिष लामा र प्रिजेन तामाङ
प्रतिक्रिया दिनुहोस्