सवारी दुर्घटनामा एकजनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं, १७ मंसिर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका, १ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम(१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका, १ का पर्वत गुरुङ र झापा गरामुनि,१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९च ५७३६ नंको डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्