वेवारिसे अवस्थामा भेटिएकी महिलाको उद्धार
काठमाडौं , १६ मंसिर । वेवारिसे अबस्थामा भेटिएकी करिब ४४ वर्षिय महिलाई उद्धार गरिएको छ । काठमाडौं महानगरिपालिका १४ कंलकी मन्दिरमा पोखरा छोरेपाटन, ३ स्थायी घर बताउने करिब ४४ वर्षिय जमुना तामाङ नाम गरेकी महिलालाई वेवारिसे अवस्थामा भेटिएकाले एलाइन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक १०२३ को सहयोगमा सत्प्रयास नामक सामाजिक संस्थालाई मंगलबार प्रहरी प्रशासनको रोहोवरमा बुझाएको छ ।
उनलाई एलाइन्स क्लब अफ इन्टरनेशनल डिस्टिक १०२३ की थर्ड भाइस डिष्ट्रिक गभरनर धना आचार्य तथा कलंकिका सामाजिक अभियन्ता आत्मराम खड्काद्वयले उद्धार गरि काठमाडौं महानगरपालिका स्थित सत्प्रयास, सिद्धि सेवा आश्रमकी अध्यक्ष विष्णुदेवी राजभण्डारीलाई बुझाइएको हो । उनी विगत ९/१० दिनदेखि कलंकि मन्दिरमा अलपत्र अवस्थामा बसेकी थिइन् । स्थानियले खापान, लगाउने र ओढ्ने कपडा दिई सहयोग गरेका थिए ।
उद्धारका क्रममा ती महिलाले आफूलाई घरबाट निकालिदा आफू यो अवस्थामा आइपुगेको बताइन् । उनले धेरै दुःखीत अवस्थामा परेको बेला आफूलाई उद्धार गरेकोमा धन्यवाद दिंदै खुशी व्यक्त गरिन् । घरबाट निकालींदा आफू पीडामा परेकोले बिरामी समेत भएको बताइन् । उनले औषधि समेत सेवन गर्दै आएकी छन् ।
बाल संरक्षण विकास समिति बाग्लुङ्गकी संस्थापक अध्यक्ष समेत रहेकी एलि धना आचार्यले १६ दिने लैगिक हिंसा चलिरहेको अवस्थामा यसरी कलंकी मन्दिरमा वेवारिसे अवस्थामा भेटीएकी महिलाई उद्धार गर्नु आफ्नो कर्तव्य भएको बताईन । उनले ती पीडित महिलालाई औषधोउपचार तथा रेखदेख समेत गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उक्त कार्यक्रममा महिलाको जिम्मेवारी लिंदै सतप्रयासका अध्यक्ष विष्णूदेवी राजभण्डारीले आफूहरुले लामोसमयदेखि सेवामुखि काम गर्दै आएको र अलपत्र अवस्थामा रहेकी महिललाई उद्धार गरि ल्याईदिएकोमा खुशी व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्