विवाह वन्धनमा बाँधिदै रमेश प्रसाई, को सँग कस्ने भए त लगनगाँठो ?
काठमाडौं, मंसिर १६ । प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
नन्दा भने समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको छ । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।
अबल वक्तृत्व क्षमताका कारण उनले फलोअर्स पनि निकै कमाएका छन् । भर्खेरै मात्र पछिल्लो समय उनको ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ भने इन्द्रेणीमा समेत आवद्ध छन् ।











प्रतिक्रिया दिनुहोस्