कुमारी बैंक र होटेल सांग्रिलाबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं, मंसिर १६ । कुमारी बैंक र होटेल सांग्रिलाले छुटसम्बन्धी सम्झौता गरेका छन् । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशकसांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन् ।सहकार्यपछि बैंकका ग्राहकले उक्त होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खाँदा १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

कुमारी बैंकको देशभर १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर छन्।

प्रतिक्रिया दिनुहोस्