अध्यक्ष थापा भन्छन – देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो

काठमाडौं , मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राजधानी काठमाडौं लगायत देशभर प्रदर्शन भइरहेकै बेला उनले यस्तो बताएका हुन् ।

हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने समेत उनले उल्लेख गरे ।पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको बताउँदै वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक रहेको औंल्याए ।

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको पनि उनले बताए । साथै उनले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिए । हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको पनि उनले बताए।

यसैबीच देशका मुख्य शहरहरूमा हिन्दु राज्य र राज संस्थाको पक्षमा नारा लागिरहेको छ ।हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आऊ देश बचाऊ, हिन्दू राज्य कायम गर लगायतका नारा लगाएर जनता आन्दोलिन बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्