ज्योति विकास बैंकले संचालनमा ल्यायो ‘स्क्यान एण्ड विथ ड्र’ सेवा

काठमाडौं , मंसिर १६ । ज्योति विकास बैंक लिमिटेडले ‘स्क्यान एण्ड विथ ड्र’ सेवा संचालनमा ल्याएको छ। सेवा संचालनमा ल्याएसँगै अब ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन्।

‘स्क्यान एण्ड विथ ड्र’ मार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने भएको छ।सो सेवा संचालनपश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन।

आधुनिक बैंकिङ्ग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको बैंकले जनाएको छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ। यो सेवाले ग्राहकलाई अब भने केहिहद सम्म सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्