दक्ष जनशक्तिको विकासले मात्रै समृद्धिको आधार बन्छ : मन्त्री पोखरेल
काठमाडौं, मंसिर १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन्।
बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको उनले जनाए ।
नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो। जम्मा २१ कोठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए। शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन अवस्थामा छ।















प्रतिक्रिया दिनुहोस्