सकियो नेकपा सचिवालय बैठक : ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरु
काठमाडौं , मसिर १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको हो ।
अघिल्लो बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि मंगलबार छलफल भएको छ ।अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए ।
प्रतिवेदनमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष ओलीले मंगलबारको बैठकमा धारणा राखेका छन् । अध्यक्षद्वयसँगै सचिवालयका अन्य सदस्यले धारणा राखेका छन् ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्नेगरी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्