उपत्यकामा थएिप ५३० जना संक्रमित, ४ सय ३३ संक्रमित आइसियुु र भेन्टिलेटरमा उपचाररत

काठमाडौं , मंसिर १६ । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४० महिला र २९० पुरुष गरी ५३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसैबीच देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ७० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४२ जना आइसियु र ३२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४६ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

यसअघि सोमबार ४ सय ३३, आइतबार ४ सय १४ जना संक्रमित आइसियु÷भेन्टिलेटरमा उपचाररत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्