उपत्यकामा एकलाख व्यक्तिको एन्टिजेन परीक्षण गरिँदै

काठमाडौं , मंसिर १६ । काठमाडौं उपत्यकाका हट स्पटहरुमा एकैदिन ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

चाबहिल, मित्रपार्क, विशालनगरलगायत क्षेत्रमा सोमबार ७२० जनामा परीक्षण गर्दा ४५ जनामा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए ।

सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुमा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण शुरु गरेको थियो ।

पछिल्लो समय उपत्यकामा बढ्दो कोरोना संक्रमितको संख्यालाई मध्यनजर गर्दै कम्तीमा १ लाख जनामा परीक्षण गर्ने गरी कार्यक्रम शुरु गरिएको डा। पाण्डेले बताए । एन्टिजेन आधा घण्टामै नतिजा आउने कोरोना परीक्षण विधी हो ।

प्रतिक्रिया दिनुहोस्